प्रस, वीरगंज, १० असार/

बाराको देवताल गाउँपालिकाले आव २०७८/७९ को बजेटमा गाउँलक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ। वडाध्यक्ष मिश्रीलाल सहनीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गापाले आफ्नो गाउँको मालपोतसम्बन्धी सम्पूर्ण कर छुट गरेको बताए।

यसैगरी, खेतीपाती गर्ने किसानको विद्युत् मिटर गापाले भुक्तान गर्ने, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन जान बैंकसम्मको यातायात खर्च बेहोर्ने, फाइबरयुक्त इन्टरनेट सेवा लिएका गाउँलेलाई ५० प्रतिशत रकम छुट दिने, गापामा रहेका सबै विद्यार्थीलाई निश्शुल्क पोशाक उपलब्ध गराउने, विद्यालयबाहिर रहेका बुहारी छोरीको लागि छोरी–बुहारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, गापाभित्र रहेका दलित छोरीहरूको विवाहमा आर्थिक सहयोग गर्ने, सुरक्षित खानेपानीको व्यवस्थापनको लागि एक घर एक धारा कार्यक्रमलाई प्राथमिकता दिनेलगायतका कार्यक्रम घोषणा गरेका थिए।

गापा अध्यक्ष चन्दन सिंहको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष रामपतिदेवी महतोलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here