प्रस, वीरगंज, १० असार/
वीरगंज उद्योग वाणिज्य सङ्घले नारायणी अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ। बिहीवार कार्यक्रमको आयोजना गरी सङ्घका अध्यक्ष सुबोध गुप्ताले मेडिकल अक्सिजन कन्सनटे«टर ३ थान र २ थान प्यासेन्ट मोनिटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरे।
स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै अध्यक्ष गुप्ताले उपकरण अस्पतालले पूर्णरूपले सञ्चालन गर्नुपर्ने बताए। अस्पतालको सेवालाई अझ सुदृढ र प्रभावकारी ढङ्गबाट अगाडि बढाउन उपकरण हस्तान्तरण गरिएको उनले बताए। अध्यक्ष गुप्ताले हेल्भेटास नेपाल इलम परियोजनाबाट सो उपकरण सङ्घलाई प्राप्त भएको र अस्पताललाई हस्तान्तरण गरिएको उनले जानकारी गराए।
कार्यक्रममा सङ्घका महासचिव मनोज दास, हेल्भेटास नेपालका कृष्णलाल कर्ण, बिजनेशन कन्सलटेन्सी सुनीलकुमार साह, डा नीरज सिंहलगायतको उपस्थिति थियो।