प्रस, वीरगंज, १० असार/
राजस्व अनुसन्धान विभागले वीरगंजको सुन प्रकरणमा उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ।
वीरगंज महानगर–५ रेशमकोठी चोकमा रहेको गणेश अपार्टमेन्टको ३०३ नं फ्लैटबाट २०७७ असोज ३० गते बरामद भएको २२ किलो ९९७ ग्राम सुन र १ किलो ७८ ग्राम चाँदी सम्बन्धमा रक्सौलका अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध मुद्दा दायर गरेको हो। अभियुक्तहरूबाट १८ करोड ६५ लाख २ हजार बिगो असुलको मागसहित हदैसम्मको कारबाईको माग गरिएको छ।
भन्सार छलेर ल्याएको सुन, गरगहना अवैध कारोबार गरेर सिन्हा र निजकी छोरीले राज्यको करोडौं रुपैयाँ नोक्सानी पु–याएको राजस्व विभागको दाबी छ। अशोक सिन्हा रक्सौलका विधायक प्रमोद सिन्हाका सहोदर भाइ हुन्।