मनिला, १० असार/एएनआई

फिलिपिन्सका पूर्वराष्ट्रपति बेनिग्नो अक्विनोको ६१ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको छ।
लामो समयदेखि सख्त बिरामी परेका अक्विनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए। उनको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टे बनेका थिए। फिलिपिन्सको सर्वाेच्च अदालतका न्यायाधीश मार्भिक लियोनेनले एक विज्ञप्ति प्रकाशन गरी पूर्वराष्ट्रपति अक्ीिनोको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताए।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार “नोयनोय”का उपनामले चिनिने अक्विनोको फिलिपिन्सको राजधानीस्थित क्यापिटोल मेडिकल सेन्टरमा निधन भएको थियो। फिलिपिन्सका अर्थशास्त्रीसमेत रहेका अक्विनोले सन् १९९८ मा राजनीतिमा आउनुअघि चिनीको व्यापार गर्थे। सन् २००७ मा सिनेटमा निर्वाचित हुनुअघि उनी तीनपटक प्रतिनिधिसभाको सदस्य चुनिएका थिए।

फिलिपिन्सका लोकप्रिय प्रजातान्त्रिक नेता सिनेटर बेनिग्नो “नियनोय” अक्विनो र पूर्वराष्ट्रपति कोराजोन अक्विनोका एक मात्र छोरा थिए।
फिलिपिन्सका पूर्वतानाशाह फर्डिनान्ड मार्काेसको शासनप्रति विमति राख्ने उनका बुबाको संयुक्त राज्य अमेरिकाको निर्वासनबाट स्वदेश फर्कनेक्रममा सन् १९८३ मा हत्या गरिएको थियो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here