प्रस, रौतहट, ८ असार/
मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहविरुद्ध प्रदर्शन भएको छ ।
एमाले माधव समूह र जसपाका उपेन्द्र यादव समूहका स्थानीय नेता, कार्यकर्ताले मौलापुर नगरपालिकाकी प्रमुख साहविरुद्ध मङ्गलवार प्रदर्शन गरेका हुन् ।
उनीहरूले प्रमुख साहले नगरपालिकामा व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।
वडाध्यक्ष रामप्रवेश यादवले नगरपालिकामा आर्थिक अनियमितता चरमसीमामा बढेको आरोप लगाए ।