प्रस, परवानीपुर, ७ असार/
पर्साको राष्ट्रिय वनबाट गएराति मोटरसाइकलबाट काठ तस्करी गरिरहेको अवस्थामा काठ र मोटरसाइकल बरामद गरिएको छ। सबडिभिजन वन कार्यालय सबैयाको टोलीले गएराति करीब साढे ७ बजे ना.१०प २५७८ नम्बरको मोटरसाइकल र चिरान काठ १० थान बरामद गरेको सबडिभिजन वन कार्यालय सबैयाका फरेस्टर पुरुषोत्तम पटेलले जानकारी गराए। उनका अनुसार रतनपुर र बगहीबीचमा पर्ने रामजानकी मन्दिरनजीकै गस्ती टोलीलाई देखेर तस्करहरू काठ र मोटरसाइकल छाडेर भागेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here