प्रस, पोखरिया, ७ असार/
पोखरिया युवा समाजले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालालाई ज्ञापनपत्र बुझाएको छ। नगरपालिकाले विभिन्न पाँचवटा विकासका काम गोप्य तरीकाबाट गराइरहेको सूचनाको आधारमा सो कार्यमा रोक्का गरी यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको छ।

पोखरिया नगरपालिका–४ जिल्ला अस्पतालमा रङ्गरोगन, सोही वडामा रहेको खानेपानी संस्थानमा स्टेन्ड सेड निर्माण, वडा नं ९ सेमरबारीचोकस्थित धर्मशालामा रङ्गरोगन, प्लास्टर र माटो पुर्ने काम, वडा नं २ लमरियामा वडा कार्यालय भवन निर्माण र पोखरिया नगरपालिकामा रहेको सामुदायिक विद्यालयहरूको लागि डेस्क–बेन्चको निर्माण काम गोप्य तरीकाबाट भइरहेको भन्दै समाजले सो काम रोक्न र यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत कोइरालाले उक्त कार्यहरू आफू आउनुअगावै शुरू भएपनि आजदेखि रोक्का राखिएको र पाँच दिनभित्र सोसम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्ने आश्वासन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here