प्रस, सिम्रौनगढ, ७ असार/
सिम्रौनगढ नगरपालिकाको पाँचौं नगरसभा सोमवारदेखि शुरू भएको छ । पाँचौं नगरसभाको उद्घाटन गर्दै नगरप्रमुख विजयशङ्कर यादवले आव २०७८/७९ को नीति तथा कार्यक्रमसहित रु ५३ करोड ९२ लाख ५८ हजारको बजेट प्रस्तुत गरे ।
उनले चालूतर्पm ९ करोड, सशर्त २१ करोड ८ लाख, पूँजीगततर्पm २३ करोड ३ लाख ५८ हजारको बजेट प्रस्तुत गरेका थिए । उनले बजेटमा स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, शिक्ष्Fा, खेलकूद, भौतिक विकास, विपद् व्यवस्थापनलगायतका विषय समेटिएको बताए ।
उद्घाटन सत्रमा उपप्रमुख रीमादेवी कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह, लेखा अधिकृत सोमेन्द्र चौधरी, योजना प्रमुख जीतेन्द्र यादव, इप्रका सिम्रौनगढका प्रनि दीपक सुवेदी, सशस्त्र प्रनि विष्णु श्रेष्ठ, वडाध्यक्ष, वडासदस्यलगायतको सहभागिता थियो । कार्यक्रममा प्रशासकीय अधिकृत साहले स्वागत र योजना प्रमुख यादवले सहजीकरण गरेका थिए ।