प्रस, वीरगंज, ६ असार/
यस वर्षको स्व बिन्दु पाण्डे स्मृति पुरस्कार पत्रकार अनिता कुँवरलाई प्रदान गरिने भएको छ । स्व बिन्दु पाण्डे स्मृति पुरस्कार प्रतिष्ठानको बैठकले सो निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीले बताए ।
पत्रकार सरोज खड्काको संयोजकत्वमा गठित समितिले पत्रकार कुँवरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको उनले बताए ।
असार ५ गते स्व पाण्डेको स्मृतिमा पुरस्कार प्रदान गर्दै आएकोमा यसपटक भने निषेधाज्ञा हटेपछि कार्यक्रम आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष भण्डारीले बताए । रु दश हजार राशिबाट छ वर्ष पहिले शुरू गरिएको यो पुरस्कार अहिले रु १३ हजार राशिको छ ।