प्रस, सप्तरी, ६ असार÷रासस

रूपनी गाउँपालिका वडा नं ३ को कटैयामा करेन्ट लागेर एकजना चापाकल मिस्त्रीको आइतवार मृत्यु भएको छ । चापाकल जडान गर्न लाग्दा सोही वडा निवारी सञ्जीव लौगी घाइते भएका थिए ।

घाइते लौगीलाई अस्पताल लाने क्रममा बाटोमैं मृत्यु भएको स्थानीय मिठु माझीले बताए । मृतक लौगीका दाजु सुरेन्द्र लौगी पनि करेन्ट लागेर घाइते भएका छन् । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ ।

स्थानीय बचाइ माझीको घरमा लौगी दाजुभाइ चापाकल जडान गरिरहेका थिए । चापाकल जडान गर्ने क्रममा विद्युत् पोलको खुला तारमा फलामको पाइप छुँदा करेन्ट लागेको माझीले बताए ।

सो क्रममा लौगी दाजुभाइलाई करेन्टबाट छोडाउन गएका बचाइका छोरा शिवकुमार माझी पनि सामान्य घाइते भए । लौगीको शव शल्यपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here