प्रस, बिरुवागुठी, ४ असार/
नेपाली काङ्ग्रेस र एमालेले पर्सागढी नगरपालिका–५ मा भएका विकास निर्माण कार्य र खर्च विवरणको माग गरेका छन्।
वडास्तरीय दुवै पार्टीका एकाइ अध्यक्ष सैयम मियाँ र अनवर आलमले छुट्टाछुट्टै निवेदनबाट शुक्रवार वडास्तरीय योजना र खर्च माग गरेका हुन्। उनीहरूले आव २०७४–०७५ देखि हालसम्म नगर परिषद्बाट विनियोजित शीर्षक बजेट र सोसम्बन्धी खर्च तथा प्रदेश सरकारबाट प्राप्त बजेटको खर्च विवरण माग गरेका हुन्।
दुवै स्थानीय नेताले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम विवरण माग गरेको र पर्सागढी नपाका सूचना अधिकारी ऋषिदास थारूले नियमपूर्वक माग गरिएको सूचना उपलब्ध गराउने बताए। उनले माग गरिएको सबै सूचनामध्ये नियमपूर्वक सूचना उपलब्ध गराउने बताए।