प्रस, वीरगंज, ४ असार/
स्कटल्यान्डको कोभिड–१९ राहत सहयोग समितिले नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको छ। गैरआवासीय नेपाली सङ्घमार्फत खरीद गरिएको २० थान अक्सिजन कन्सेन्ट्रेटरमध्ये पाँच थान नारायणी अस्पताललाई हस्तान्तरण गरिएको प्रकाश अर्यालले जानकारी गराए।

१० लिटर क्षमता भएको उक्त कन्सेन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरिएको थियो। डा प्रधानले स्कटल्यान्डका नेपाली सङ्घसंस्था तथा व्यक्तिहरूले गरेको सहयोगप्रति अस्पताल निकै आभारी भएको बताए।

कार्यक्रममा कोभिड–१९ राहत सहयोग समिति स्कटल्यान्डका प्रतिनिधि प्रकाश अर्याल, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, एम्बुलेन्स चालक सङ्घका केन्द्रीय सदस्य राजु अर्याललगायतले मन्तव्य राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here