प्रस, वीरगंज, ४ असार/
नेपाल पत्रकार महासङ्घ, पर्साको संयोजनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्साले स्थानीय सञ्चारकर्मीहरूलाई कोरोना सङ्क्रमणबाट जोगाउने आयुर्वेदिक औषधि वितरण गरेको छ।

महासङ्घका जिल्ला अध्यक्ष अनुप तिवारी र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साका प्रमुख डा रमेश मिश्रले ८० जना सञ्चारकर्मीलाई आयुर्वेदिक औषधि हस्तान्तरण गरेका थिए। सो अवसरमा शाखाका उपाध्यक्ष सुषमा शर्मा, सचिव भूषण यादवलगायत सञ्चारकर्मीहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here