नरेश यादव, सुग्रीव साह, २ असार/
लगातारको वर्षाले पर्सा जिल्लाका विभिन्न भेग डुबानमा परेका छन् भने आवागमनमा समस्या भएको छ। पर्सागढी नगरपालिकाको फन्टी खोलामा बाढी आउँदा आवतजावत प्रभावित भएको छ। सो खोलामा लच्का पुल मात्र रहेकोले सडकभन्दा माथिबाट पानी बग्दा आवतजावतमा समस्या भएको हो।

यसैगरी, जनता सडकखण्ड अन्तर्गत थुप्रै ठाउँमा कालोपत्र भत्किएको छ। छिपहरमाई गाउँपालिकाका विभिन्न वडामा पानी पसेर डुबान भएको छ। भिस्वा–५ देखि सबैठवा जाने पुल क्षतिग्रस्त हुन लागेपछि स्थानीयले आवतजावत बन्द गराएका छन्।

नवगावाँसम्म सो बाटो भएर ढुङ्गा, गिट्टी, बालुवा ढुवानी गर्ने टिपरले पुल कमजोर भएपछि अहिले बाढीले सो पुल क्षतिग्रस्त भएपछि स्थानीयले टिपरको आवागमन रोक्न सडकमा ढुङ्गा बिछाएर अवरोध गरेका छन्। अहिले पोखरियाबाट भिस्वा जाने बाटो मात्रै चालू अवस्थामा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here