प्रस, सप्तरी, २ असार/
बुधवार बिहान कोशी ब्यारेजको जल सतह निकै बढेर खतराको रेखानजीक पुगेपछि ब्यारेजका १२ वटा ढोका खुल्ला गरिएको छ। मङ्गलवार बिहानदेखि लगातार परेको पानीका कारण जल सतह बढेको हो।

आज बिहान कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ। खतराको सीमारेखा पार गर्न थालेपछि ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन्।

नदी किनार आसपासका क्षेत्रमा सतर्कता अपनाइएको र निरन्तर अवलोकन भइरहेको प्रजिअ ढकालले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here