जमीन मानिसको लागि विभिन्न दृष्टिले महत्वपूर्ण हुन्छ। वासस्थान, अन्न उत्पादन आदिका लागि यसको विकल्प छैन। त्यसैले मानिस जे गरेर पनि जमीनमा स्वामित्व खोज्छ–खरीद गरेर, जबर्जजस्ती कब्जा गरेर, कसैलाई झुक्याएर, सरकारी कार्यालयसँग मिलेमतो गरेर वा अन्य कुनै उपायबाट। जमीन वासस्थानका लागि मात्र होइन, यसले मानिसको गौरव, प्रतिष्ठा र यश वृद्धि गर्छ। एक जमाना थियो जब कृषिलाई सबै व्यवसायमा श्रेष्ठ ठानिन्थ्यो। हिन्दीमा भनिएकै छ–उत्तम खेती, मध्यम बान, निषिद्ध चाकरी, भीख निदान। कृषिकर्मलाई श्रेष्ठ कार्य मानिन्थ्यो। जब पैसाको आविष्कार भएको थिएन, आवश्यकताको वस्तु खरीद गर्न वस्तु आदानप्रदान मात्र उपाय थियो। अर्थात् एउटा व्यक्तिलाई के चाहिएको छ, त्यसको बदला अर्कोलाई उसको आवश्यकताको वस्तु दिनुपर्दथ्यो। वस्तुसँग वस्तु खरीद गरिन्थ्यो। वस्तुको उत्पादन जमीनमा मात्र सम्भव छ। अन्न उत्पादन, पशुपालन, वस्त्रको आपूर्ति यावत् कुराका लागि जमीन नै चाहिन्छ। आज विज्ञानले धेरै प्रगति गरेको छ, तर जमीनको आविष्कार गर्न सकेको छैन।

आज मानिससँग जमीन थोरै छ। जमीन बढ्ने वस्तु होइन, तर मानिस बढिरहेको छ, मानिस बढेसँग आवासको खाँचो बढेको छ। उद्योगीकरणको यस युगमा उद्योग स्थापना, विभिन्न खेलकूद, सडक, यातायातका विभिन्न साधन सबैका लागि जमीन नै चाहिएको छ। मानिसको आवश्यकता पनि बढ्दै गएको छ। आवश्यकता पूर्तिका लागि कसैले जमीन बेच्दछ र कसैले किन्दछ। हिजो उत्तराधिकारमा सर्दै आएको जमीनको स्वामित्व अब पाउन गा–हो छ। खरीद नै गर्नुपर्छ। त्यसैले अहिले जमीनको हारालुछ छ। र जुन वस्तुको कमी हुन्छ, त्यसको प्राप्तिका लागि मानिस जुनसुकै पनि कर्म गर्न पछि हट्दैन। त्यसैको नतीजा हो, आज सर्वत्र भूमाफिया सलबलाउन थालेका छन्। सरकारहरूले पनि यो कुरा बुझेको छ, समयक्रममा सरकारले जमीन आफ्नो मातहत राख्ने नीति पनि बनाएको छ। तर नेपालजस्तो भ्रष्टाचारले आहाल खेलेको ठाउँमा सरकारको सोच अत्यन्त दयनीय देखिन्छ। एकातिर सरकार केही धुर जग्गा कुनै सार्वजनिक प्रयोजनका लागि दिन चाहँदैन, तर भूमाफियाहरूले प्रत्यक्ष्F कब्जा गरेको जमीन पुनः आफ्नो मातहत लिन सक्दैन।

खासगरी नेपालमा जसैजसै भ्रष्टाचार मौलाउँदै गएको छ, जमीनमा हुने विवाद बढ्दै गएको छ। नेपालको कुनै गाउँ टोल यस्तो छैन, जहाँ भूमाफियाको पहुँच नहोस्। सरकारले जमीन आफ्नो मातहत राख्ने एउटा मात्र कारण हो, सार्वजनिक हितका लागि त्यसको उपयोग गर्न सकियोस्। तर आज सानोभन्दा सानो गाउँमा पनि त्यस्तो जमीन पाउन गा–हो छ। छ भने पनि सरकार दिन राजी हुन्न। हजारौं बिघा जङ्गलको जग्गा अतिक्रमण हुन्छ, गाउँ–शहरका पाटीपौवा, कुवाँ, पोखरी, नाला–नहर, नदी उकासलगायत सबै ठाउँमा बेहिसाब अतिक्रमण भइरहेको छ, सरकार भने निर्धो बनेको देखिन्छ, तर कुनै संस्थालाई केही धुर जमीन दिनुप–यो भने आफ्नै पुस्तैनी जमीन दिनुपरेकोजस्तो आक्रामक हुन पुग्छ। यस्तो किन हुन्छ रु कुनै संस्थालाई दिने जग्गामा आखिर स्वामित्व त सरकारकै हुन्छ। त्योभन्दा गहकिलो काम गर्नका लागि त्यो जग्गा फेरि लिन सकिन्छ। तर भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता लिन सक्छ रु व त्यसका लागि कहीं सार्थक प्रयास भएको छ रु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here