प्रस, बिरुवागुठी, २८ जेठ/

पर्सागढी नगरपालिकाका वडासदस्यहरूले सेवासुविधासहित बजेट माग गर्दै नगरपालिकामा ज्ञापन बुझाएका छन्।

पर्सागढी नपाका प्रशासकीय अधिकृत भरत यादवलाई वडासदस्य घनश्याम चौधरीको नेतृत्वमा पर्सागढी नपाका वडा नं १ देखि ९ सम्मका २९ जना वडासदस्यले हस्ताक्षर गरी ज्ञापन बुझाएका हुन्। ज्ञापनमा वडास्तर बजेट सिलिङ गर्दा यसअघिको आवमा ६० लाख विनियोजन गरिएकोमा आगामी वर्षको आवमा १ करोड गर्नुपर्ने, वडासदस्यहरूको सेवा, सुविधा, बैठक भत्ता प्रदेश सरकारले निर्णय गरेबमोजिम शुरूदेखि अहिलेसम्म कार्यान्वयनमा ल्याउनुपर्ने, आव २०७४/७५ देखि हालसम्मको आय–व्ययको विवरण सार्वजनिक गर्नुपर्ने, दोस्रो चरणको कोरोना महामारीमा भएका खर्चहरूको विवरण सार्वजनिक गर्नुपर्नेलगायतका मागहरू छन्।

ज्ञापन बुझाउँदै वडासदस्यहरूले आफ्ना माग सम्बोधन नगरिए पाँचौं नगरसभामा सहभागी नहुने चेतावनी दिएका छन्।

1 COMMENT

  1. त्यति मात्र होइन ।सुरु देखी अहिले सम्म कति योजना पारित भयो ।के केति कार्य भयो सबै को बजेट विवरण सार्वजनिक गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here