प्रस, वीरगंज, २८ जेठ/
नारायणी अस्पताल वीरगंजमा बिहीवार राति र शुक्रवार बिहान दुईजना सङ्क्रमितको मृत्यु भएको छ। अस्पतालका कोभिड संयोजक उदयनारायण सिंहले रौतहट, कटहरिया नगरपालिका–८ का ५८ वर्षीय पुरुषको शुक्रवार बिहान ८ बजे मृत्यु भएको बताए।
एन्टिजेन परीक्षणबाट सङ्क्रमण पुष्टि भएपछि ती पुरुषलाई जेठ ६ गते अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो।
यसैगरी, बाराको मझहरिया निवासी ५८ वर्षीय पुरुषको बिहीवार राति पौने ११ बजे मृत्यु भएको थियो। उनी जेठ ९ गते भर्ना भएका थिए।
यसैबीच, अस्पतालका कोभिड संयोजक डा सिंहले शुक्रवार ९६ जनाको पिसिआर परीक्षण गर्दा ४ जना सङ्क्रमित पुष्टि भएको बताए। शुक्रवार सङ्कलित स्वाब परीक्षण गर्दा साँझ चारजना सङ्क्रमित थपिएको उनले बताए। पर्साका तीनजना र मकवानपुरका एकजना गरी थपिएका चारैजना सङ्क्रमित महिला हुन्। उनीहरूको उमेर २८ देखि ५७ वर्ष रहेको र सिटी भ्यालू २१ देखि २९ रहेको डा सिंहले बताए।