डाँका मुद्दामा फरार १२ वर्षपछि पक्राउ

प्रस, वीरगंज, २८ जेठ/

जिल्ला प्रहरी कार्यालय बाराले डाँका चोरी मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेको जनाएको छ।

२०६६/०८/१६ गते बारा जिल्ला अदालतले ६ वर्ष कैद र रु ६४ हजार ५ सय जरिवाना ठहर गरेपछि फरार भएका विश्रामपुर गाउँपालिका–५ बस्ने ४० वर्षीय पन्नालाल महतो धानुकलाई पक्राउ गरेको जिप्रका बाराले जनाएको छ।

धानुकलाई बारा जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि वीरगंज कारागार पठाइएको प्रनाउ गौतम मिश्रले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here