प्रस, जनकपुरधाम, २७ जेठ/
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री गद्दीले बुधवार साँझ नेपाली काङ्ग्रेसका तीनजना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन्। रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्री, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्री र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख राजेश झाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।