प्रस, सर्लाही, २६ जेठ/
सर्लाहीमा भतिजाले काकाको टेम्पोमा आगजनी गरेका छन्।
गोडैता नगरपालिका वडा नं ७ निवारी सन्तोष झाको टेम्पोमा निजका भतिजा भगवान झाले रकम लेनदेनमा विवाद हुँदा आगो लगाएको प्रहरीले बताएको छ।
सन्तोषको घरअगाडि पार्किङ गरिएको ना.२ह ४४९५ नंको टेम्पोमा भगवानले बुधवार साँझ आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।
आगजनी गर्ने भगवानलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।