प्रस, सिराहा, २७ जेठ/
सिराहाको गोलबजार नगरपालिका–९ बाट पाँचवटा टिपर नियन्त्रणमा लिई कारबाईका लागि नगरपालिकामा बुझाइएको छ।
चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गा, गिट्टी उत्खनन गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले पाँचवटा टिपर नियन्त्रणमा लिएको हो।
इप्रकाका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार गोलबजार र धनगढीमाई नगरपालिका अन्तर्गतको चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गा, गिट्टी उत्खनन भइरहेको गुनासो प्राप्त भएपछि टिपर नियन्त्रणमा लिइएको हो।