प्रस, वीरगंज, २२ जेठ/
मानव सेवा आश्रम वीरगंजको टोलीले कलैया उपमहानगरपालिका-१८ मोतीसरमा चार वर्ष देखी घरमा फलामे सिक्रीले बाँधेर राखिएका एकजना मानसिक सन्तुलन बिग्रिएका व्यक्तिको उद्धार गरेको छ ।

आश्रमको टोलीले मोतीसरबाट जागेश्वर ठाकुर नाम गरेका मानसिक सन्तुलन बिग्रिएका व्यक्तिको उद्धार गरेको मानव सेवा आश्रम प्रदेश नं २ का संयोजक देवेश गुप्ताले बताए । ठाकुरलाई चार वर्षदेखि फलामे सिक्रीले बाँधेर घरको एउटा कोठामा थुनेर राखेको सूचनाका आधारमा आश्रमका सहयोगीहरूले घटनास्थलमैं गएर उद्धार गरी आश्रममा ल्याएको संयोजक गुप्ताले बताए ।

मानसिक सन्तुलन गुमाएका ठाकुर एक दशकअघिसम्म सो ठाउँका चर्चित बढई मिस्त्री थिए । उनको मानसिक सन्तुलन कसरी गुम्यो भन्नेबारेमा अहिले यकीन कुरा आइसकेको छैन । उद्धार गरिएका ठाकुरलाई आश्रममा ल्याएर स्वास्थ्य उपचार गरिएको संयोजक गुप्ताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here