प्रस, सप्तरी, २० जेठ/

जिल्ला प्रशासन कार्यालय, सप्तरीले लगाएको निषेधाज्ञा अवज्ञा गरी पसल सञ्चालन गर्ने १५ जना व्यवसायीलाई कारबाई गरेको छ।

राजविराजमा किराना, माछा, सैलुन, मासु, मिठाइ, हार्डवेयर, कस्मेटिक, फलफूललगायतका पसल सञ्चालन गर्ने १५ जना व्यवसायीलाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। पक्राउ परेकाहरूलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ बमोजिम जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जरिवाना तिराएर छाडिएको प्रनाउ काफ्लेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here