यसो त विकल्परहित केही पनि हुँदैन। कोरोना नियन्त्रणको लागि पनि निषेधाज्ञाबाहेक विकल्प नभएको होइन, तर सरकारको बेवास्ता र जनसरोकारका कामप्रति चरम उदासीनताले गर्दा आज महीना दिन बढी समयदेखि लकडाउनको सास्ती झेल्नुपरिरहेको छ। कोरोनाको खोप बजारमा आइसकेको अवस्थामा पनि सरकारमा औषधि खरीद गर्ने तत्परता अपेक्ष्Fितरूपमा देखिएको छैन। एक त हामीकहाँ सङ्क्रमण परीक्ष्Fण गर्ने पर्याप्त मेशिन उपलब्ध छैन। भएका पनि बिग्रिरहने, मरम्मतका लागि दक्ष जनशक्तिको अभाव, प्रशासन र जनप्रतिनिधिहरूबीच आपसी तालमेलको अभावले कैयौं ठाउँमा त भएको उपकरणको पनि प्रयोग हुन सकिरहेको छैन। उपरीमाथि थुपरी भनेझैं हाम्रो जनता झन् उपबुज्रुक छ। विषय विज्ञहरूले जानेको कुराभन्दा बढी जानकारी भएको भ्रम उसमा व्याप्त छ। स्वभावतः कोरोनाले राम्रै क्षति पु–याएको छ। त्यसैले काम गर्न नचाहने सरकारका लागि निषेधाज्ञा नै सर्वोत्तम उपाय देखिएको छ। हप्ता–हप्ता गर्दै देशका प्रायः जिल्लाहरूमा छैटौंपटक निषेधाज्ञा जारी गरिएको छ।
धेरै मानेमा यसलाई सरकारको अचाक्ली मान्न सकिन्छ। कुनैकुनै जिल्लामा शुरूमा निषेधाज्ञा लागू गर्ने आवश्यकता देखिएन। बुझाइ के थियो भने उक्त जिल्ला कोरोना सङ्क्रमणबाट प्रभावित छैन। एकजना अल्लारेले भन्थ्यो–थाहा छ, कोरोना कसरी लाग्छ ? परीक्षण गराएपछि। परीक्ष्Fण नगराऊ कोरोना लाग्दैलाग्दैन। सरकारको पारा यसै किसिमको रह्यो। जब मानिस भकाभक मर्न थाले, अनि सरकार र प्रशासन हतारियो। तबसम्म मानिसको ज्यान गएको सङ्ख्याले हजार छोइसकेको थियो। सरकार स्वयंलाई त कोरोनाले केही असर पारेकोजस्तो महसूस भएको छैन। यहाँ कुर्सी खोसाखोस जारी छ। देशका प्रधानमन्त्रीले नै विदेशी सञ्चारमाध्यमहरूलाई देशमा कोरोनाको प्रभाव न्यून भएको बताएकै हुन्। कोरोना सर्न नदिन, बेसार–पानी खान सल्लाह दिएकै हुन्। उनीमाथि विश्वास गर्नेले त्यसो गरिदिएको भए र नपत्याउनेले कम्तिमा कोरोना सङ्क्रमण नसर्ने मापदण्ड पालना गरिदिएको भए, साँच्चीकै कहालीलाग्दो गरी कोरोनाबाट भयभीत हुनुपर्ने आवश्यकता थिएन। हामीकहाँ समस्याको समाधान समस्या लुकाउनमा सीमित रहन्छ। पहिलेपहिले जिल्लाहरूमा चोरी–डाँकाजनी नियन्त्रणमा छ भनेर तथ्याङ्क देखाउन प्रहरी कार्यालयहरूले यस्ता मुद्दा नै दर्ता गर्दैनथे। भएन चोरी–डाँकाजनीबाट सुरक्षा ?
अहिले पनि त्यही चाल छ, परीक्षण नग–यो र भाषण ठोकिदियो–कोरोनाले केही बिगार गरेको छैन। यसैपनि निषेधाज्ञाले गर्दा जनता घरबाहिर निस्केको छैन। जसलाई सङ्क्रमण भएको छ, त्यसको जानकारी सरकारलाई छैन। अस्पतालहरूको चाला हेरेर मानिसहरू यसै पनि होम आइसोलेशनमा बस्न रुचाउन थालेका छन्। हो, सा–है गा–हो प–यो भने पहुँचवालाले सक्दो इन्तजाम गर्छ, जसको पहुँच छैन उसले ज्यान फाल्छ। कोरोनाको कसैले नाम लिंदैन। जनता धर्मभीरु छ। कोरोनाले मरेको प्रचार भयो भने धर्मको क्षति हुन्छ। कर्मकाण्डविहीन अन्तिम संस्कार हुन्छ। थाहा नदिएर जनताले धर्मको रक्षा गरिरहेको छ। सरकारको तथ्याङ्कमा त्यो सङ्ख्या समेटिंदैन। तैं खुश, मैं खुश। यस्तो विचारहीनतामा निषेधाज्ञाको विकल्प के हुन सक्दछ ? तर कति दिन ? कोरोना त नयाँ–नयाँ संस्करणमा आइरहेको छ।