प्रस, वीरगंज, १९ जेठ/
बहुदरमाई नगरपालिका–३ नगरदाहामा बहुदरमाई युथ क्लबले राहत वितरण गरेको छ।
वडाका असहाय, विपन्न दलित परिवारलाई निषेधाज्ञामा जीविकोपार्जनमा कठिनाइ भएको भन्दै क्लबले विपन्न दलित प्रतिपरिवारलाई १० किलो चामल, २ किलो आलु, १ किलो दाल, नून, सोयाबिन वितरण गरेको थियो।
राहत १९ विपन्न दलित परिवारलाई वितरण गरिएको थियो। सो कार्यमा क्लबका सुरज कुशवाहा, चन्दन यादव, विजय यादव, सन्तोष राम, ऋतिक साहले सघाएका थिए।