धर्मेन्द्र चौरसिया/ओमप्रकाश चौधरी, १८ जेठ/

पर्सेली किसानहरू अहिले पनि भारतीय धानको बीउमा आश्रित छन्। नेपाली धानको बीउप्रति उनीहरूको विश्वास नभएको कारण अहिलेसम्म उनीहरू भारतीय धानको बीउ खरीद गरेर खेती गर्दै आएका छन्।

निषेधाज्ञाको कारण खुला सीमा बन्द भएपनि धानखेती गर्ने किसानहरू लुकीछिपी चोर बाटो भारतीय बजारमा जाने र धानको बीउ खरीद गरेर ल्याउने गरेका छन्। पर्सा जिल्लाको थारुहट क्षेत्रमा लगाइएको चैते धान खेतीमा पनि भारतीय धानको बीउको प्रयोग भएको थियो।

थरुहटसरह नै बजियान क्षेत्रमा हुने थोरै चैते धान खेतीमा भारतीय बीउ नै प्रयोग भएको छ भने भदैया धान खेतीको लागि बीउको ब्याड तयार गर्ने क्रममा पनि भारतीय धानको बीउ प्रयोग भइरहेको छ। पोखरियाका किसान हरेन्द्र चौहानले भारत सिड, पान छाप, गङ्गा काबेरी, सुवर्णलगायतका धानको बीउ किसानहरूले भारतबाट खरीद गरेर ल्याउने र लगाउने गरेको बताए।

भारत र नेपालमा निषेधाज्ञा जारी भएको अवधिमा किसानहरू एकाबिहानै भारत प्रवेश गर्ने र त्यहाँको बजारबाट धानको बीउ खरीद गरेर लुकीछिपी नेपाल आउने गरेका छन्। धानखेतीको यो सिजनमा किसानहरू ठूलो सङ्ख्यामा भारत प्रवेश गर्ने र बीउ खरीद गरेर नेपाल आउने गरेको सहजै देख्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here