प्रस, सेढवा, १८ जेठ/

जीराभवानीमा यसपटक आँप खेती गरेकाहरूले समस्या झेल्नुपरेको छ। आँप खेती गर्दा आवश्यक कीटनाशक औषधिको उचित प्रयोग नगरेको कारण अहिले रूखमा फलेको आँप चिरा पर्न थालेका छन्।

केही आँप वर्षा, हावाहुरीको कारण क्षति भयो भने अहिले धेरैजसो आँप रूखमैं चिरा परेका छन् र यसको कारण कीटनाशक औषधिको अनावश्यक प्रयोग भएको बताइएको छ। कृषि ज्ञान केन्द्र पर्साका बागवानी अधिकृत श्यामकिशोरप्रसाद कुर्मीले मौसममा परिवर्तन भएको कारण आँपमा विभिन्न खाले रोग र कीरा लागेको बताए। उनले आँपको रूखमा फूल लागेको समयदेखि प्रयोग गनुपर्ने कीटनाशक औषधिको सहीरूपमा प्रयोग नहुँदा अहिले आँप रूखमैं चिरा पर्न थालेको बताए।

आँप चिरा पर्न थालेपछि त्यसमा कीरा लाग्ने गरेको छ। उनले आँपलगायतका बाली गर्ने किसानहरूले कृषि ज्ञान केन्द्रबाट सल्लाह लिएर निर्देशन पालना नगर्दा बेलाबेलामा यस्ता खाले समस्या झेल्नुपरेको प्रतिक्रिया दिए।

जीराभवानी गाउँपालिका–३ नौकाटोलाका नन्दकिशोर साहले यस वर्ष आँप राम्रFे फलेको भएपनि बेमौसमी हावाहुरी र पानीले क्षति पु–याएको र बाँकी रहेको आँपमध्ये अहिले ७५ प्रतिशत रूखमैं बिग्रेको बताए।

उनले आफूले रूखमा आवश्यक कीटनाशक औषधि तथा एन्जाइमहरू समयमैं छरेको भएपनि आँप कुहिएको कारण ठूलो घाटा हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here