प्रस, वीरगंज, १७ जेठ/

नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको कोभिड राहत कोषमा वीरगंज महानगरपालिका र जीराभवानी गाउँपालिकाले सोमवार आर्थिक सहयोग गरेका छन्।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले वीरगंज महानगरपालिकाले रु १ लाख र जीराभवानी गापाले रु २५ हजार सहयोग गरेको बताए। महानगरका प्रमुख विजयकुमार सरावगीले आज महानगरको कार्यालयमा सो चेक हस्तान्तरण गरेका हुन्।

त्यसैगरी, जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता र लेखापाल लक्ष्मण न्यौपानेले नेपाल पत्रकार महासङ्घ पर्साको कार्यालयमा अध्यक्ष तिवारीलाई रु २५ हजारको चेक हस्तान्तरण गरेका हुन्।

सो अवसरमा उपाध्यक्ष सुषमा शर्मा, सचिव भूषण यादव, कोषाध्यक्ष सञ्जीव मिश्र, प्रकाश तिवारीलगायतको सहभागिता थियो।

यसैगरी, प्रदेश २ मिडिया काउन्सिल र आम सञ्चार प्राधिकरणले पर्सा शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। प्रदेश २ मिडिया काउन्सिलका अध्यक्ष शिवहरिप्रसाद भट्टराईले आम सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कोभिड–१९ को सङ्क्रमणबाट जोगाउन शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताएका छन्। आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले शाखामा कार्यरत पत्रकारहरूलाई सङ्क्रमणबाट जोगाउन ५० थान सर्जिकल मास्क, १० थान केएन–९५ मास्क, २ थान सेनिटाइजर, पञ्जा, फेसशिल्ड, अक्सिमिटर, थर्मलगनसमेत अध्यक्ष तिवारीलाई हस्तान्तरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here