प्रस, जनकपुरधाम, १७ जेठ/

प्रदेश नंं २ सरकारले जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सोमवार सिफारिश गरेको छ।

सोमवार प्रदेश नंं २ को बसेको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्दै बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको हो।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जेठ २४ गतेदेखि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकबाट भएको जानकारी दिए।

सङ्घीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here