हिलाम्य सडकमा ग्रेभल बिछ्याइयो

राधेश्याम पटेल, परवानीपुर, १७ जेठ/

वीरगंज–१८ सुखचैना टोलको मुख्य सडक हिलाम्मे बनेपछि गाउँलेहरूलाई समस्या भएको छ।

पछिल्लो समय लगातार तीन दिन परेको वर्षाको कारण उक्त टोलको उत्तरतर्फको करीब दुई सय मिटर मुख्य बाटो हिमाम्मे बनेको छ। वडा कार्यालयका प्रतिनिधिहरूले खासै ध्यान नदिंदा उक्त बाटो खराब भएको र हिलाम्मे भएको सडक पानी परेर जलमग्न हुने गरेको सुखचैनाका बासिन्दाहरूले बताएका छन्। परारदेखि उक्त गाउँँको मुख्य बाटो वर्षाको बेला हिलाम्मे हुने गरेको छ।

परार वडा कार्यालयको रु १४ लाखको बजेटमा स्थानीय सरोज यादवको घरनजीकै एक छेउमा नाला बनेको थियो। दुवै छेउमा नाला बनाउन स्थानीयहरू तयार नहँुदा टोलको पानी आएर उक्त ठाउँमा जम्ने गर्छ। पोहोर पनि समस्या समाधानको लागि वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीको निर्देशनमा तीन टिपर ग्रेभल झारिएको थियो।

यसपालि पनि सडक डुबानमा परी टोलवासीलाई आवतजावतमा समस्या भएपछि टोलवासी सडक पक्की गराउन वीरगंजका प्रमुख विजयकुमार सरावगीसमक्ष डेलिगेशन लिएर पुगेका थिए। त्यसपछि हिजोदेखि हालसम्म ६ टिपर ग्रेभल खसालिसकेको जनता समाजवादी पार्टीका विद्यार्थी नेता सरोज यादव बताउँछन्। वडा नं १८ का वडासदस्य छोटेलाल राउत कुर्मीले आगामी बजेटमा उक्त सडक ढलानको लागि बजेट विनियोजन गराउने आश्वासन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here