नितेश कर्ण, वीरगंज, १६ जेठ/

जिल्ला प्रहरी कार्यालय, पर्साले चालू आवको जेठ १५ गतेसम्म लागूऔषधका १२१ वटा मुद्दा दर्ता भएको जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले लागूऔषधमा १२१ वटा मुद्दा दर्ता भएको र १५३ जना पुरुष र ७ जना महिलासहित १६० जना पक्राउ परेको बताए। उनले लागूऔषध गाँजा ४३४ किलो, चरेस १५३ कलो, अफिम ८ किलो, खैरो हेरोइन ६३ ग्राम, फेनारगन ६१२९ एम्पुल, डाइजेपाम ६९३८ एम्पुल, नर्फिन ६९१७ एम्पुल, नाइट्रोभेट ७८८९ थान, कोरेक्स १९९९ बोतल बरामद भएको जानकारी गराए।

यसैगरी, जेठ १५ गतेसम्म हुन्डी कारोबारमा संलग्न २६ जनालाई पक्राउ गरिएको र १६ वटा मुद्दा दर्ता भएको प्रवक्ता प्रनाउ खनालले बताए। हुन्डी कारोबारमा १३ जना नेपाली, १३ जना भारतीय पक्राउ परेका र उनीहरूबाट २ करोड १८ लाख ९१ हजार नगद बरामद भएको बताए।

यसैगरी, चालू आवको माघ र फागुनमा अवैध नेरु र भारुसहित दुईजना पक्राउ परेको उनले जानकारी गराए। भारु ५ लाख ८४ हजार र नेरु ३ लाख ९२ हजारसहित दुईजना पक्राउ परेको प्रवक्ता खनालले बताए। स्रोत नखुलेको कारण दुईजनालाई कसूर अनुसार कारबाई गरिएको उनले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here