प्रस, वीरगंज, १६ जेठ/

कोरोना सङ्क्रमणबाट नारायणी अस्पताल वीरगंजमा उपचारार्थ भर्ना भएका चारजना सङ्क्रमितको आइतवार बिहान मृत्यु भएको छ।

अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जीतपुरसिमरा उपमहानगर–१ निवासी ६० वर्षीय पुरुषको आइतवार बिहान डेढ बजे र वीरगंज महानगरपालिका–१६ मिथिलानगर निवासी ६५ वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको बताए।

यसैगरी, रौतहट हिमालबस्ती निवासी ५५ वर्षीय पुरुषको दिउँसो १ बजे र रौतहट, मटिअर्वा निवासी ३२ वर्षीया महिलाको साँझ सवा ५ बजे मृत्यु भएको छ। यसैगरी, तराई अस्पतालमा पर्सागढी नगरपालिका–३ निवासी ६० वर्षीय पुरुषको आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here