प्रस, वीरगंज, १६ जेठ/

नारायणी सिंचाइ डिभिजन कार्यालय ५ गण्डक बहुअरी अन्तर्गत रहेको ब्लक २ उपभोक्ता समितिले निर्माण कार्यमा व्यापक अनियमितता गरेको छ।

ब्लक नं २ अन्तर्गत कालिकामाई गापा–१ तीनडोभियामा बनाएको नहरको पक्की टर्सरी निर्माण कार्यमा  अनियमितिता भएको जोकोहीले सजिलैसँग देख्न सक्छन्। उपभोक्ता समितिले १९० मिटर टर्सरी निर्माणको लागि ५ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ। सो टर्सरी निर्माण भएको एक हप्ताभित्र नै भत्कन थालेको स्थानीय शिवप्रसाद कुर्मीले आरोप लगाए। कुर्मीले टर्सरी निर्माण कार्य चित्तबुझ्दो नभएको बताए।

यस विष्Fयमा उपभोक्ता समितिका अध्यक्ष कुशमीदेवीका पति दिनेशप्रसाद कलवारसँग बुझ्दा निर्माण कार्य आफैंले गराएको बताए। तर स्थानीयले लगाएको आरोप सही नभएको र योजना अनुसार १९० मिटरको टर्सरी ढलान कार्य राम्ररी भएको बताए। ढलान गर्दा मसला बढी भएपछि टर्सरी फुट्न थालेको बताए। मसला फाल्नुभन्दा सोही काममा लगाएको उनको तर्क थियो।

यस विषयमा सिंचाइ कार्यालयका साइट इन्जिनीयर रूपनारायण चौरसियासँग बुझ्दा स्थानीयको आरोपपछि आफैंले स्थलगत निरीक्षण गरेको बताए। उनले लगत अनुसार काम राम्रो भएको दाबी गरे। सामान्य त्रुटि भएकोमा सुधार गर्न आफूले निर्देशन दिएको बताए। हालसम्म सो योजनाको भुक्तानी नभएको ई. चौरसियाको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here