प्रस, वीरगंज, १६ जेठ/

जीराभवानी गाउँपालिका–४ मा रहेको चमार समुदायलाई खाद्यान्न सहयोग गरेको पिस फर दलित फाउन्डेशन नेपालका अध्यक्ष्F मनोज रामले बताए।

जीराभवानी गापा–४ चमारबस्तीका २७ प्रतिघरपरिवारलाई १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १/१ किलो आलु/नून, दुई थान साबुन, १ थान सर्फ, केही आयुर्वेदिक औषधि र २ थान मास्क गरी प्रतिव्यक्ति १ हजार ५० रुपैयाँबराबरको खाद्यान्न सहयोग गरिएको अध्यक्ष रामले बताए। चमार कल्याण समाज मलेसिया शाखाको आर्थिक सहयोगमा निषेधाज्ञा अवधिमा अतिविपन्न, गरीब, ज्येष्ठ नागरिक, चमारहरूलाई खाद्यान्न वितरण गरिएको उनले बताए।

दैनिक जीवनयापनमा समस्या भोग्दै आएका उनीहरूलाई खाद्यान्न सहयोगबाट ठूलो राहत मिलेको छ। वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी भएपछि आर्थिकरूपले विपन्न दलित, चमारहरूलाई केन्द्र, प्रदेश र स्थानीय सरकारले कुनै राहत वितरण गरेका छैनन्, जसले गर्दा दैनिक ज्याला मजदूरी गरेर जीवन बिताउनेहरूलाई निकै समस्या भइरहेको छ।

सहयोगी संस्थाहरूको सहयोगमा आफूहरूले केही दलित, चमारहरूलाई मात्र राहत दिन सकेको अध्यक्ष रामले बताए। उनले पर्सा जिल्लामा रहेका यस्ता थुप्रै परिवारले राहतको आस गरिबसेको भन्दै सहयोगी संस्थाहरूलाई यस सम्बन्धमा विचार पु–याउन र राहत वितरण गरी सहयोग गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here