प्रस, वीरगंज, १५ जेठ/
नेपाल रेडक्रस सोसाइटी प्रदेश नं २ ले पर्सा, बारा शाखा र जिल्ला प्रशासन कार्यालय बारालाई कोभिड-१९ बाट जोगिने स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी प्रदेश नं २ का अध्यक्ष फूलमहम्मद मियाँले नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेललाई शाखा कार्यालय वीरगंजमा सर्जिकल मास्क २८ हजार थान, एन-९५ मास्क १५ सय थान, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) ३५ थान हस्तान्तरण गरेका थिए ।

प्रदेश अध्यक्ष मियाँले जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाराका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई १० हजार थान सर्जिकल मास्क र ५० सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेका थिए । उनले नेरेसो बारा शाखालाई २३ हजार थान सर्जिकल मास्क, १ हजार थान एन-९५ मास्क र १५ थान व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेको पर्सा रेडक्रसका सहायक राजन श्रीवास्तवले बताए ।

सो अवसरमा अध्यक्ष मियाँले कोरोना कहरमा प्रदेशका आठवटै जिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्ने जानकारी गराए। बाराका प्रजिअ पौडेलले महामारीको समयमा रेडक्रसले गरेको सहयोगको सराहना गरे । उनले मानवीय सेवामा रेडक्रसको योगदानको चर्चा पनि गरे ।

हस्तान्तरण कार्यक्रममा प्रदेश रेडक्रसका कोषाध्यक्ष दिव्यनाथ श्रेष्ठ, मन्त्री धीरेन्द्र यादव, बाराका सप्रजिअ उदय नेपाल, शैलेन्द्र प्रसाद, सन्तोष नेपाललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here