प्रस, वीरगंज, १३ जेठ/
वीरगंज उद्योग वाणिज्य सङ्घले नेपाल पत्रकार महासङ्घ, पर्सालाई नगदसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
सङ्घका अध्यक्ष सुबोध गुप्ताले शाखा अध्यक्ष अनुप तिवारीलाई रु ३१ हजारको चेक, सर्जिकल मास्क १ हजार थान, सय एमएलको सेनिटाइजर सय थान र एक सय तान फेसशिल्ड हस्तान्तरण गरेका थिए।
कोभिड सङ्क्रमणमा अग्रपङ्क्तिमा समाचार सङ्कलन गर्ने पत्रकारहरूलाई स्वास्थ्य सामग्री र सङ्क्रमित पत्रकार तथा आर्थिक समस्यामा परेका पत्रकारहरूलाई नगद सहयोग गरेको वीउवासङ्घले जनाएको छ।