प्रस, रौतहट १३ जेठ/

मिडिया काउन्सिल र आम सञ्चार प्राधिकरण प्रदेश नं २ ले आज नेपाल पत्रकार महासङ्घ रौतहट शाखालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। महासङ्घका सदस्य ५६ जना र थप १० जनागरी ६६ जनाको लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो। प्रतिसदस्य ५० थान सर्जिकल मास्क, केएन ९५ मास्क १० थान, सेनिटाइजर २ थान (१०० एमएल) पंजा एक थान, शाखा कार्यालयका लागि एक थान अक्सिमिटर र एक थान थर्मलगन उपलब्ध गराइएको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष प्रेम चन्द्र झाले बताए।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सदस्य शैलेन्द्र झाले महासङ्घको पहलमा मिडिया काउन्सिल र आम सञ्चार प्राधिकरण प्रदेश नं २ ले  प्रदेशका सबै जिल्लामा कार्यरत पत्रकारहरूका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिंदै मृतक पत्रकारका परिवारलाई राहत उपलब्ध गराउन जोड दिएका थिए। रौतहट एफएमका अध्यक्ष रेवन्त झाले रेडियो समस्याबारे प्रदेश सरकार मौन रहेको बताए। सो अवसरमा मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले पत्रकारको कमी–कमजोरी हटाउँदै लैजाने बताए। आम सञ्चार प्राधिकरण प्रदेश नं २ का अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरूको हितका लागि सदैव तत्पर रहने बताए। प्रदेश सरकारलाई पत्रकार हकहितका काम गर्न पैरवी गर्दै आएको बताउँदै आउँदो दिनमा पत्रिकालाई विज्ञापन उपलब्ध गराउने बताए।

शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। अध्यक्ष झाले रौतहट शाखाको समस्या तथा स्वास्थ्य सामग्री वितरण सम्बन्धमा प्रकाश पारेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here