प्रस, वीरगंज, १२ जेठ/
एडभान्स मेडिकेयर हस्पिटलमा कार्यरत कर्मचारीहरू काममा फर्केका छन्। भत्ता, सेवा सुविधा नपाएको भन्दै बुधवार बिहान कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि बिरामीहरू मर्कामा परेका थिए।
कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि कतिपय बिरामी अस्पतालबाट फर्किएका थिए। बिरामीका कुरुवाहरूले स्थानीय प्रशासनसँग विवाद गरेपछि प्रहरीको सक्रियतामा कर्मचारी र अस्पताल व्यवस्थापनबीच वार्ता भएको थियो। वार्तामा कर्मचारीले उठाएको माग भोलिदेखि पूरा गर्ने सहमति गरेपछि काममा फर्केको स्वास्थ्यकर्मी परमानन्द मण्डलले बताए। अस्पतालमा वैशाख १६ गतेदेखि कोरोना सङ्क्रमितहरूको उपचार शुरू हुँदा प्रतिड्युटी रु ५ सय, नाइट ड्युटी रु १ हजार, सो अवधिमा तलब वृद्धि गर्ने मौखिक सहमति भएको तर व्यवस्थापन पक्षले हिजो तलबसहित अन्य सेवा सुविधा पठाउँदा प्रतिड्युटी रु ३ सयको दरले पठाएको कर्मचारीहरूको आरोप छ।