प्रस, वीरगंज, ९ जेठ/

नारायणी अस्पताल वीरगंजको प्रयोगशालाले शनिवार राति ५८ जना  सङ्क्रमित पुष्टि गरेको छ भने आइतवार दिउँसोसम्म पाँचजना सङ्क्रमितको मृत्यु भएको छ।

प्रयोगशालाले २८८ जनाको स्वाब परीक्ष्Fण गरेकोमा ५८ जनामा सङ्क्रमण पुष्टि भएको कोभिड संयोजक डा सरोजरोशन दासले बताए। सङ्क्रमित हुनेमा पर्साका ३४ जना, बाराका १६ जना, रौतहटका ५ जना र सर्लाहीका ३ जना छन्।

यसैबीच, वीरगंजका अस्पतालमा आइतवार दिउँसोसम्म पाँचजना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साका सूचना अधिकारी प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।

आइतवार बिहान साढे २ बजे रौतहट, जयनगर निवासी ५० वर्षीय पुरुष, रौतहट, सुन्दरपुर निवासी ५० वर्षीया महिलाको पनि बिहान पौने १२ बजे र पोखरिया नगरपालिका–५ बस्ने ६५ वर्षीय पुरुषको दिउँसो पौने २ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो।

यसैगरी, जगरनाथपुर गाउँपालिका–५ बस्ने ६५ वर्षीय पुरुषको नेशनल मेडिकल कलेज कोरोना विशेष अस्पतालमा दिउँसो १२ः३० बजे र अर्का वीरगंज–११ बस्ने ६२ वर्षीय पुरुषको वीरगंज हेल्थकेयरमा दिउँसो १ः३० बजे मृत्यु भएको सूचना अधिकारी श्रीवास्तवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here