प्रस, वीरगंज, ९ जेठ/

वीरगंज हेल्थकेयर अस्पतालमा कार्यरत एकजना चिकित्सकको कोरोना सङ्क्रमणबाट आइतवार बिहान मृत्यु भएको छ।

काठमाडौं मेडिसिटी अस्पतालमा उपचारार्थ वीरगंज हेल्थकेयरमा कार्यरत वीरगंज–३ छपकैया निवासी २९ वर्षीय डा मुराद हुसेनको मृत्यु भएको अस्पतालका सञ्चालक डा अबुलेस अन्सारीले बताए।

बङ्गलादेशबाट अर्थोपेडिकमा एमडी अध्ययन पूरा गरी डेढ महीनाअघि वीरगंज आएका उनी वीरगंज हेल्थकेयर अस्पतालमा कार्यरत थिए। सोही क्रममा वैशाख २१ गते कोरोना सङ्क्रमण भएको  र उनलाई थप उपचारको लागि जेठ १ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। आज आइतवार बिहान उपचारको क्रममा उनको निधन भएको हो। सोही अस्पतालमा कार्यरत चारजना चिकित्सक अझै सङ्क्रमित अवस्थामा रहेको सञ्चालक डा अन्सारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here