प्रस, वीरगंज, ६ जेठ/
नारायणी अस्पताल वीरगंजको प्रयोगशालाले बुधवार राति ८२ जना सङ्क्रमित पुष्टि गरेको छ ।

अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले २८८ जनाको स्वाब नमूना सङ्कलन गरी पिसिआर परीक्षण गर्दा ८२ जना सङ्क्रमित थपिएको बताए ।

उनले थप सङ्क्रमितमा पर्साका ४३ जना, बाराका २२ जना, रौतहट र सर्लाहीका ७/७ जना, सप्तरी, धनुषा र महोत्तरीका १/१ जना रहेको बताए । सङ्क्रमितहरूमा २६ जना महिला र ५६ जना पुरुष छन् भने उनीहरूको उमेर १७ देखि ७७ वर्षसम्म रहेको छ ।

सङ्क्रमितहरूको सिटी भ्यालू १४ देखि ३५.४ रहेको संयोजक डा दासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here