प्रस, परवानीपुर, ६ जेठ/
वीरगंजकी उपप्रमुख शान्ति कार्की कोरोनामुक्त भएकी छन् । ९१ वर्षीया उपप्रमुख शान्ति कार्कीमा एक साताअघि कोरोना सङ्क्रमण पुष्टि भएकोमा उनी वीरगंज महानगरले गोपालमण्डली धर्मशालामा सञ्चालन गरेको आइसोलेशन सेन्टरमा उपचाररत थिइन् । बिहीवार बिहान उनी निको भएर घर फर्केकी छन् ।

वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला उनलाई लिन आइसोलेशन पुगेका थिए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रमुख कार्कीले कोरोनालाई पराजित गर्न दृढ इच्छाशक्तिले काम गरेको प्रतिक्रिया दिएकी छन् । त्यसैगरी, नगरप्रमुख सरावगीले उपप्रमुख शान्ति कार्कीलाई सकुशल घर पठाउन पाउँदा खुशी लागेको बताए । उनले भने- कोरोनालाई डरले होइन, बलियो मन बनाएर हराउन सकिन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here