प्रस, वीरगंज, ६ जेठ/
वीरगंज उद्योग वाणिज्य सङ्घले वीरगंज महानगरपालिकाले आव २०७८/०७९ को लागि सवारी पार्किङ शुल्क र पटके सवारी व्यवस्थापन सेवा शुल्क लिनका लागि गरेको ठेक्का आह्वान बदर गर्न माग गरेको छ ।
सङ्घले बिहीवार विज्ञप्ति जारी गर्दै नेपालको संविधान २०७२ मा व्यवस्था नभएको पटके सवारी व्यवस्थापन शुल्क महानगरपालिकाले उठाउँदै आएको र अहिले आएर पटके सवारी करको लागि ठेक्का आह्वान गरेकोमा आपत्ति जनाएको छ ।
सङ्घले वीरगंज भन्सार कार्यालय, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीबाट निस्कने सवारीसाधनहरूसँग गुडिरहेको अवस्थामा बलजफ्ती पटके सवारी व्यवस्थापन सेवा शुल्क सङ्कलन गर्ने कार्य आपैंmमा गैरकानूनी भएको र अहिले आएर सम्पूणर् महानगरपालिकालाई पार्किङस्थल ठानेर सवारी पार्किङ ठेक्का लगाउनु कानूनसम्मत नभएको भन्दै बदर गर्न माग गरेको छ ।
सङ्घले भन्सार क्षेत्रमा महानगरले सवारी व्यवस्थापनको क्षेत्रमा कुनै काम नगरेको तर पनि गुडिरहेका सवारीसाधनबाट सोबापतको सेवा शुल्क लिनु र अहिले आएर आफूले तयार पारेको पार्किङ क्षेत्रमा मात्र पार्किङ शुल्क लिनुपर्नेमा महानगरपालिकाभरि नै यस प्रकारको शुल्क लिन खोज्नु न्यायोचित नभएको भनी ध्यानाकर्षण गराएर ठेक्का आह्वान बदर गर्न माग गरेको छ ।