कोरोनाले गर्दा मानवीय जीवनको सबै क्ष्ँेत्र अस्तव्यस्त बनेको छ । यो अझ जटिल र जटिलतर बन्दै गएको छ । यसबारे भइरहेका अनुसन्धानहरूले झन् कत्राकत्रा बित्पातका कुरा प्रकाशमा ल्याइरहेका छन् । ती सबैको सामान्यस्तरमा प्रसारण हुने हो भने मानिसको जीवन दुष्कर बन्न पुग्छ । रोगभन्दा अहिले मनोविज्ञानले मानिसलाई थला पार्न थालेको छ । नकारात्मकताबाहेक अन्य सुन्न पाइँदैन । त्यसमाथि सरकारको निषेधाज्ञाले मानसिक पीडा पुर्याउन थालेको छ । कोरोना महामारीले शरीरमा भौतिक क्ष्ँति पुर्याउने खतरा छ भने निषेधाज्ञाले मानसिक क्ष्ँति पुर्याउने अवस्था सिर्जना भइसकेको छ । किनकि कुनै पनि कुरा सहने एउटा सीमा हुन्छ । तर यहाँ नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहारजस्तो स्थिति छ । घरमैं थन्किरहँदा मानसिक रोगले गाँज्ने चिन्ता, बाहिर निस्कँदा अप्रत्यक्षरूपमा कोरोना र प्रत्यक्ष्ँमा प्रहरीको भयबाट मानिस त्रस्त छ । यी हुन् प्रत्यक्ष्ँ देखिएका समस्या । यसमा धेरै अप्रत्यक्ष समस्या पनि लुकेको छ, जुन समयक्रममा देखिंदै जानेछ ।
मानिस कति घरी घरभित्र कैद बस्न सक्छ ? कति घरी कोरोनाको भयले उसलाई सताउँछ ? किनकि यीबाहेक पनि धेरै कुरा छन्, जुन मानिसका लागि आवश्यक मानिएका छन् । अहिले कोरोनाले शारीरिक र मानसिक रोगको भय उत्पन्न गरेको छ, भोलि पनि शरीर र मनको भोकको अर्को संस्करण जन्मने छ । शरीरको भोक दुनियाँको सबैभन्दा ठूलो रोग हो। यसको उपचार मानिस, यस धरातलमा जन्मेदेखि आजसम्म हुन सकेको छैन । यसको एकमात्र उपचार हो भोजन । र भोजन प्राप्त गर्नका लागि कस्ताकस्ता मुश्किलको सामना गर्नुपर्छ, त्यो सबैलाई थाहा छ । मानिसले पेट भर्नका लागि जस्तो पनि काम गर्छ । श्रम गर्छ, बुद्धि खियाउँछ र कतिपटक नचाहिंदो काम पनि गर्छ । तर भोक शमनका लागि गरिएको कुनै पनि कर्मलाई न धर्म, न समाज कसैले पनि हेय ठान्दैन । हाम्रो धर्मशास्त्रमा त भनिएकै छ-बुभुक्षु किं नकरोति पापम् । मान्छे भोको भएपछि पापकर्म पनि गर्छ । मानिसले पाप कर्म नगरोस् त्यसका लागि सरकार सतर्क हुनुपर्छ । त्यसैले आजको सभ्य समाजमा सरकारहरूले राष्ट्रिय धनको समानुपातिक वितरणमा जोड दिएका हुन्छन् ।
यो अलग कुरा हो कुन सरकारले यसको कार्यान्वयनलाई चनाखो भएर पूरा गरेको छ र कसले गरेको छैन । जहाँ भएको छ ती मुलुक आज विश्व नियन्ता बनेका छन्, जसले गरेको छैन, ती पत्रु र जन-घृणाका पात्र बनेका छन् । त्यहाँ घनीभूत अराजकता, लुटमार, तस्करी, भ्रष्टाचार, चोरी-डाँकाजनी, हिंसा, विवाद जन्मिने गर्दछ । यी सबको पछाडि मानिसले आफूलाई सुरक्ष्ँित राख्ने मनोविज्ञानले काम गरेको हुन्छ । शरीर र मानसको सुरक्ष्ाँ । जब न्यायपूर्वक कुनै चीज हासिल हुँदैन भने मानिस त्यसलाई अन्यायपूर्वक हासिल गर्न खोज्दछ । अनि त्यहाँ झन्झन् अराजकता बढ्दै जान्छ । अराजकता भौतिक होइन, त्यो त अल्पकालको मात्र हुन्छ, विचारमा, सोचमा, स्वार्थका लागि हुने अराजकता भयावह हुन्छ । यसर्थ घरमा थुनिएका र निम्सरा नागरिकको भोक शान्त पार्ने जमर्को आजको आवश्यकता बनेको छ । कसरी हुन्छ, त्यो सोच्ने काम सरकारको हो । जनस्तरबाट यस्तो कामको पहल भयो भने सरकारले विरोधको संज्ञा दिन्छ । अन्यथा, परिणाम त घामझैं छर्लङ्ग छ । विरोध नाघेर विद्रोह बन्छ, विद्रोहले विग्रह जन्माउँछ, जुन कोरोनाभन्दा भयावह हुन्छ ।