प्रस, वीरगंज, २ जेठ/
स्माइल फोर मिलियन्स अर्गनाइजेशनको पहल र पिस फर दलित फाउन्डेशन नेपालको आयोजनामा पर्साका दलितहरूलाई राहतस्वरूप खाद्यान्न सहयोग गरिएको छ ।
कोभिड-१९ विरुद्ध, रोकथाम, प्रतिकार्यको लागि पर्सा जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागेको र यो अवधिमा धेरै दलित, मजदूर, ज्येष्ठ नागरिक, श्रमिकहरू प्रभावित भएको कुरालाई मध्यनजर गर्दै ती समुदायलाई लक्षित गरेर राहत वितरण गरिएको पिस फर दलित फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले बताए ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका-१९ केहुनियाका अति प्रभावित दलित, मजदूर, विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष रामले बताए ।
त्यहाँका ३० घर परिवारलाई मास्क, चामल, दाल, तेल, आलु, नुन, साबुन, सर्पm सहयोग गरिएको उनले बताए । सो कार्यमा फाउन्डेशनका उपाध्यक्ष चन्द्रकिशोर राम, सचिव दीपेन्द्रकुमार राम, सदस्य संयोग राम र अशोक रामलगायतले सहयोग पुर्याएका थिए ।