प्रस, ठोरी, २ जेठ/
पर्सा राष्ट्रिय निकुञ्जको सहयोगमा सुनाखरी मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत रहेका समूहलाई आइतवारदेखि मास्क बाँड्न शुरू भएको छ ।

कार्यक्रममा शान्ति पुरुष उपभोक्ता समिति, पञ्चकन्या महिला उपभोक्ता समिति र सुनगाभा उपभोक्ता समितिका सदस्यहरूलाई आज मास्क वितरण गरिएको र अन्य समूहका सदस्यहरूलाई क्रमशः वितरण गरिने सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका सचिव जीवन श्रेष्ठले बताए ।

कार्यक्रममा आरआरटी संयोजक निरोज प्रधान, युवाहरू सुजन बल, अजित रूम्बा, नकुल गौतमलगायतले मास्क वितरण गरेको सचिव श्रेष्ठले जानकारी गराएका छन् ।

सामाजिक दूरी कायम गर्दै मास्क वितरणका लागि आफूहरू लागि परेको समितिका अध्यक्ष देवीप्रसाद दाहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here