प्रस, वीरगंज, २ जेठ/
नेपाल औषधि तथा बिक्रेता प्रतिनिधि सङ्घ, वीरगंजले पर्सा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

वडा प्रहरी बिर्तालाई सङ्घले स्वास्थ्य सामग्री सहयोग गरेको हो । सङ्घका अध्यक्ष मनोज साहले ६ हजार सर्जिकल मास्क, ५० पिस एन-९० मास्क, सय पिस हेड क्याप, स्प्रे सेनिटाइजर २० पिस र ३ पिस अक्सिमिटर र थप एक ग्यालेन लिक्विड सेनिटाइजर सहयोग गरिएको बताए ।

वडा प्रहरी बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीलाई सङ्घका पदाधिकारीसहितको टोलीले सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको अध्यक्ष साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here