प्रस, वीरगंज, १ जेठ/
वीरगंजमा १३१ जना नयाँ कोरोना सङ्क्रमति थपिएका छन् ।
नारायणी अस्पताल वीरगंजको पिसिआर प्रयोशालामा शुक्रवार सङ्कलन गरिएको स्वाब नमूना परीक्षणपछि शनिवार जारी गरिएको रिपोर्टमा १३१ जना सङ्क्रमित थपिएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए ।

सङ्क्रमित हुनेमा पर्साका ९९ जना, बाराका २१ जना रौतहटका पाँचजना, सर्लाहीका चारजना र वाग्मती तथा बाँकेका एक/एकजना छन् । उनीहरू ३ वर्षदेखि ८० वर्ष उमेरका छन् र सिटी भैल्यु १४.६ देखि ३५ सम्म रहेको संयोजक डा. दासले बताए । सङ्क्रमित हुनेमा ४४ जना महिला र ८७ जना पुरुष छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here