प्रस, सेढवा, २७ वैशाख/

जीराभवानी गाउँपालिकाले सोमवारदेखि दश शय्याको सेमिआइसोलेशन सञ्चालनमा ल्याएको छ। बितो महतो जनता मावि जीतपुर नौकाटोलाको भवनमा दश शय्याको सेमिआइसोलेशन सञ्चालनमा ल्याएको स्वास्थ्य संयोजक सफिकुल अन्सारीले बताए। गापामा कार्यरत स्वास्थ्यकर्मीहरूको निगरानीमा सेमिआइसोलेशन सञ्चालन गरिएका उनले जानकारी गराए। यसपटक गापाभित्र कोरोना सङ्क्रमित अहिलेसम्म सम्पर्कमा नआएका हुनाले सेमिआइसोलेशन तयारी र सञ्चालनमा ढिला भएको उनको भनाइ छ। उनले सम्भावित सङ्क्रमितलाई दृष्टिगत गरी सेमिआइसोलेशन बनाएको र असामान्य सङ्क्रमितहरूलाई उपचारको लागि वीरगंज पठाइने उनले जानकारी गराए। उनले गापामा अहिलेसम्म एकजना सङ्क्रमित नभएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here